इटहरी । बिगतका वर्षहरुझै यस वर्षपनी छैठ सेवा समिति इटहरीले इटहरी उपमहानगरपालीका र सुन्दरहरैचा नगरपालीकाको संगम स्थल बुढिगंगा जमुना मुक्तिधाममा छैठ पर्व कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पत्रकार सम्मेलन गरी संस्थाले छैठ पर्व पुजाको तयारी एवं कार्यक्रमको जानकारी गराउँदै छैठ पर्व विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । प्रत्येक वर्ष सो आवसरमा इटहरी लगायत आसपासका स्थानबाट अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । यस वर्ष २ लाख २५ हजार बढी भक्तजनहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ । ११ गते शोभायात्रा,१२ गते खरना,१३ गते छैठ पुजा सुभारम्भ र १४ गते विहानको अर्घ पश्चात पुजा सम्पन्न गरीनेछ । 
पुजा घाटको स्थायी रुपमा व्यवस्थापन गर्न समितिले योजना बनाइ अघी बढीरहेको समयमा प्रत्येक वर्ष १० प्रतीशत घाट वृद्धी हुने हुदा समितिले स्थानको अभाव झेलीरहेको छैठ वर्प सेवा समितिका अध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिए ।
सोही अनुरुप समितिले बुढीखोला आसपास सरसफाइ,पुजाका लागी स्थान बनाउने लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको समितीका उपाध्यक्ष बासुदेव कर्णले जनकारी दिए ।
कार्यक्रम लाई भब्य र ब्यवस्थित बनाउन समितिले कार्यसमिति र उपसमिति गठन गरी कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिएर सफल बनाउ गठन गरेको समितीका सचिव मुकेश कुमार चौधरीले बताए ।
३३ वर्ष देखी संस्थाले विभिन्न छैठ विशेष कार्यक्रमको आयोजना गरी छैठ पर्व मनाउँदै आएको बुढीगंगा जमुना मुक्तिधामको किनारमा यस वर्ष ४ सय २५ पुजा घाटको निर्माण गरीदै आएको छ ।




















