इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी गरिएको छ ।

      सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर ४बाट प्रभातफेरी निकालिएको हो ।IMG_20221020_082509

  प्रभातफेरीले  इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी पुन संस्थाकै कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाकी अध्यक्ष अमृत सुब्बा सहित पदाधिकारीहरु , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।IMG_20221020_082642

महिला सेयर सदस्य अधिक रहेको महिला वचत तथा ऋण सहकारी २०५५सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९हजार १सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७हजार २सय पुर्व क्षेत्रकै ठुलो सहकारी मध्येमा पर्ने गर्दछ ।