काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोध्यो ।
मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा एकीकृत समाजवादीबाट रौतहट क्षेत्र न.१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोग सम्वद्ध स्रोतले भन्यो,मतदातालाई प्रभावित पार्नेगरी फ्रि भिसा, फ्रि टिकटको बारेमा दिएको अभिव्यक्तिका सन्दर्भमा उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।




















