इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष अमृता सुब्बाले इटहरीमा बिहिवार विहान प्रभातफेरी आयोजना गरिने तथा आगामी शुक्रवार २४औं बार्षिक साधारणसभाको आयोजना गरिने जानकारी दिईन ।
उनले चिकित्सा शात्र र पीएचडी गर्ने सेयर सदस्य तथा सेयर सदस्यका सन्तती , जेष्ठ सेयर सदस्य , विभिन्न तहमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती , उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी ,उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिने समेत वताइन ।
महिला सेयर सदस्य अधिक रहेको महिला वचत तथा ऋण सहकारी २०५५सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९हजार १सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७हजार २सय र निक्षेप ५५ करोड १०लाख ७८हजार ३सय ७० रुपैंया पुगेको सो अवसरमा जनाइयो । महिला बचत तथा ऋण सहकारीले महिलाहरुका क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका सिप मुलुक तालिमहरुको आयोजना समेत गर्दै आएको छ ।




















