काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्प गएको छ ।

सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प र  ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।पहिलो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४ दशमलव ५ म्याग्निच्युटको रहेको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख जयनन्द केसीका अनुसार त्यस क्षेत्रमा भूकम्पको पहिलो धक्का बेस्सरी महसुस भएको थियो ।