कास्की । गरौ योग रहौ निरोग भन्ने अभियानका साथ गण्डकि प्रदेश कै पहिलो प्राविधिक शिक्षालय बराह माध्यमिक विध्यालयमा पतञ्जलि योग समिति कास्की हेम्जा योग साधना केन्द्र पोखराको आयोजनामा सञ्चालन गरिएको एकदिने योग जागरण सिविर सम्पन्न भएको छ । 

बिध्यालयका प्रधानाध्यापक मिनराज अधिकारीको अध्यक्षतामा सम्पन्न योग जागरण प्रशिक्षणमा पतञ्जलि युवा नेपालका केन्द्रिय युवा संयोजक लोकनाथ खनालले प्रशिक्षण गराउनु भएको हेम्जा योग साधना केन्द्रका उपाध्यक्ष रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । 

माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ स्थित भिडाबारीमा विगत २०२४ सालबाट सञ्चालनमा आएको विध्यालयमा २०५७ सालबाट भेटनरी र २०७२ सालबाट आईएस्सि समेतको पठनपाठन गराईदै आएको बराह माविमा कक्षा नर्सरी देखि आईएसि सम्मका करिव चारसय विध्यार्थी अध्ययनरत रहेको विध्यालयका प्रधानाध्यापक मिनराज अधिकारीले जानकारी दिनुभयो ।312015712_1676720782722083_8847056092581557971_n

सोहि अवसर पारेर पोखरा महानगरपालिका २५ स्थित हेम्जामा सञ्चालित नर्सरि देखि १२ कक्षा सम्ममा करिब आठसय विध्यार्थी पठनपाठन गर्दै आएको धौलागिरि बोर्डिङ्ग स्कुल र कक्षा नर्सरी देखि १० कक्षा सम्मका करिब ७५० विध्यार्थी रहेको हेम्जा वोडिङ्ग स्कुलमा पनि एकदिने योग जागरण सिविर सम्पन्न गरिएको छ । 

ध्यानपुर्व पढ्ने बिध्यार्थीहरुको संख्या कम भईरहेको अवस्थामा दिमागलाई एकाग्र पार्दै ध्यान पुर्वक कसरी पढ्ने, विहान उठेर के के गरेर पढ्दा पढेको कुरा दिमागमा रहिरहन्छ लगायतका विषयलाई समेटेर गराईएको अनुलम विलम, कपाल भाति, सुर्य नमस्कार लगायतका प्रशिक्षक खनाल र गण्डकी प्रदेश संयुक्त प्रदेश प्रभारी दिपक सिग्देलले गराउनु भएको योगाभ्यासले विद्यार्थीहरुको स्वास्थ्यमा हुने समस्याबाट मुत्ति पाउन सकिने र पढाई प्रति आर्कषण बढ्ने पोखरा स्थित हेम्जा वोडिङ्ग स्कुलका प्रबन्ध निर्देशक माधव शरण पौडेलको भनाई छ । 290096396_881636526102080_3038550070632207407_n

स्मार्ट बन्न स्टेट र कन्सल्ट्रेड रहेर बस्नु पर्ने, खानपानमा ध्यान दिदै योगमा समर्पित रहेमा निरोगी र विश्व टपर हुन सकिने बताउदै विहानको दिनचर्या कसरी शुरू गर्ने, पानि खाने, भात पिउने, शरिर तन्काउने, ट्वाईलेट जाने, फ्रेस हुने, एक्ससाईज गर्ने लगायतका अभिनय गराउँदै योग जागरणको योगाभ्यास गराउनु भएको थियो ।

पालिका पुर्व उपाध्यक्ष कृष्णा तोलाग्गि, धौलागिरि बोडिङ्ग स्कुलका प्रधानाध्यापक सिव रेग्मी, हेम्जा बोडिङ्ग स्कुलका शिक्षक, विध्यार्थीलगायतको उपस्थिति रहेको थियो ।