धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले सम्मान कार्यक्रमका साथ ६७ औ प्रहरी दिवश मनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कर्तब्य पालनाको शिलशिलामा वीरगति प्राप्त गर्नु हुने अमर प्रहरीका आफ्न्तहरु दुर्गा लिंखा राई, अर्जुन थापा, रत्न बहादुर राई, कमला पुरीआचार्य लगायलाई दोसल्ला ओढाई सम्मानका साथ दिवस मनाएको छ ।
सोहि अवसर पारेर प्रहरी चौकी डाँडाबजार धनकुटाको लागि निःशुल्क जग्गा प्रदान गर्नु हुने जग्गादाता साँगुरीगढी गाउँपालिका ५ बस्ने दिपक बस्नेत, प्रहरी चौकी मुलघाट धनकुटामा प्रतिक्षालय निर्माण गरी सहयोग गर्नु हुने धनकुटा ९ का तिलक बहादुर घिमिरे, जेष्ठ पुर्व प्रहरी कर्मचारी धनकुटा ४ पुर्ब प्रहरी सहायक निरीक्षक झपड प्रसाद घिमिरेलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयमा प्रभावकारी ढंगबाट सहयोग पुर्याएको भन्दै धनकुटा नगरपालिका वडा नम्वर १ हिले स्थित माध्यमिक बिद्यालयका शिक्षक खगेन्द्र प्रसाद आचार्य, हुसाडेक नेपाल र हाम्रो बहुमुखी पाठशालाका सरोज भुजेललाई १ नंम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रदान गरिएको कदर पत्रले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसैगरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु क्रमश प्रनानि डम्बर बहादुर थापा, प्रसनि शान्त कुमार पाण्डे, प्रबह तारानाथ लावती,सागर थापा, प्रहरी जवान बिपन तामाङ, प्रसह लालबहादुर कार्की, बिक्रम कार्की लगायतलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी कट्टेल, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, भिम दल गण सल्लेरी धनकुटाका प्रमुख सेनानि, ,छिन्ताङ सशस्त्र प्रहरी गुल्म धनकुटाका सप्रनाउलगायतले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।




















