इटहरी । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उमेदवारी दर्ता गरी दलहरु घोषणा पत्र तयारीमा जुटि रहेका छन । यही सयममा किरात राई यायोक्खाले दलहरुलाई १ नम्बर प्रदेशको नाम किरात राख्ने घोषणा पत्रमा उल्लेख गर्न ध्यानाकर्षण गराएको छ । एक
अघिल्लो प्रदेस सभाले १ नम्बर प्रदेसको नाम जुराउन सकेन । दुई तिहाईको नेकपा नेतृत्वको सरकार , नेकपा एमालेको सरकार र हालको नेकपा एकीकृत समाजवादी नेतृत्वको गठवन्धनको सरकार बने पनि प्रदेशले नाम पाउन सकेन । नेकपाको नेतृत्व भएको समयमा दुई तिहाई सदस्य नेकपाका थिए तर त्यो समयमा नाम नजुराईएको तथा नेकपा विभाजित भएपछि प्रदेश सभामा दुई तिहाई पुर्याएर नाम जुराउन दलहरु सफल भएनन अन्नत नाम नराखिनै प्रदेस सभाको समायावधि सकियो ।
प्रदेशका नामका विषयमा दलहरुको मत विभाजित भयो कसैले पहिचानलाई आधार वनाए कसैले भुगोललाई र कसैले पहिचान भुगोल दुवै समेटेर वनाउने भने पनि प्रदेशको नाम जुराइएन । राज्य संरचना अनुसार ७ प्रदेश रहेकोमा अन्य ६ वटा प्रदेश सभाले नाम जुराएपनि १ नम्बर प्रदेशले नाम पाउन सकेन । पहिलो प्रदेश सभा प्रदेशको नाम नराखी समायावधि सकिएको र अहिले फेरी प्रदेश सभाका लागि निर्वाचन हुन गईरहेको समयमा १ नम्बर प्रदेशको नाम किरात राख्न दलहरुलाई किरात राइ यायोक्खाले ध्यानाकर्षण गराएको छ ।
विगतमा पनि किरात राई यायोक्खाले प्रदेशको नाम किरात राख्न माग राख्दै आएको थियो । यायोक्खाले संघीयताको मर्म अनुसार पहिचानको संवोधनको लागि नेपालकै प्राचिन किरात इतिहास ,भुगोल ,सभ्यता ,संस्कृति सम्मानका लागि किरात प्रदेश नामाकरण गरिनु पर्नेमा माग सहित किरात राई यायोक्खा केन्द्रले विज्ञप्ती जारी गरेको हो । यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र महासचिव भिमराज राईले संयुक्त रुपमा हस्तारक्ष गरेको विज्ञप्तीमा इतिहासको लामो कालखण्डसम्म वल्लो किरात ,पल्लो किरात , माझ विरातको अस्थित्वमा रहको र १ नम्बर प्रदेशको भुगोलको इतिहासलाई निरन्तरता दिन पनि किरात प्रदेश राखिनु पर्नेमा जोड दिइएको छ ।
यसै विच सुनसरीको इटहरीमा किरात राई यायोक्खाको प्रदेश स्तरिय अभिमुखिकरण कार्यक्रमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेश नम्बर १को नाम किरात राखिनु पर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय महासचिव भिमराज राई , १ नम्बर प्रदेशका सचिव रामकुमार माण्डुपा राई लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।




















