इटहरी । अपराध अनुसन्धानका क्षेत्रमा दक्षिण एशियामै अब्बल सावित नेपाल प्रहरीले शान्ति सुरक्षाका अलावा सामाजिक कार्यमा समेत उत्तिकै योगदान गर्दै आएको छ । यही क्रममा ६७औं प्रहरी दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
समुदाय प्रहरी साझेदारी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेका छन । नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नुका साथै सामाजिक कार्यमा समेत नागरिकहरुसंग समन्वय गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा स्थानीयहरुले समेत रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रममा स्थानीय ६४ जना र प्रहरी ३४ जना गरी कुल ९४ जनाले रक्तदान गरेका छन ।
विपदमा परेर तथा अन्य कारणले समेत रगत आवश्यक पर्ने विरामीहरुलाई जिवन प्रदान गर्ने सक्ने रक्तदान गर्नु भनेको पुन्य कार्य भएको सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले वताए । उनले नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्ने कार्यका साथै सामाजिक कार्यमा समेत नागरिकहरुसंग समन्वय र सहकार्य गरेर काम गर्दै मानवीय सेवाका क्षेत्रमा समेत योगदान गर्दै आएको जानकारी दिए ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले नेपाल प्रहरीले सिमित स्रोत साधनका बाबजुद पनि एशियामा नै अपराध अनुसन्धानका क्षेत्रमा अब्बल पहिचान वनाएको भन्दै प्रशंषा गरे । नगरप्रमुख पौडेलले सामाजिक क्षेत्रमा समेत नेपाल प्रहरीले नागरिक प्रहरी साझेदारी अनुसार कार्य गर्दै आएको भन्दै अपराध न्युनिकरण र भयमुक्त समाज वनाउन सबैले प्रहरीलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , साथी फाउण्डेशनका अध्यक्ष चन्द बराल , इटहरी क्षेत्रमै धेरै पटक रक्तदान गर्ने पहिचान वनाएका बाबुराम प्रधान , बजाज सोरुपका सञ्चालक प्रदिप सन्थलिया लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।




















