इटहरी । असोज १० गतेदेखी सञ्चालित इटहरी मिनी मेला महोत्सवमा १५ हजार बढी दर्शकहरुले अवलोकन गरिसकेको मेला आयोजक संस्थाले जनाएको छ ।

कलाकारहरुको प्रस्तुती साथै विभिन्न खेलहरुबाट मनोरञ्जन लिन दैनिकजसो २ हजार बढीको हारहारीमा दर्शकहरु आउने गरेको आयोजक संस्थाले जनाएको हो ।  

दशैं तिहारको अवसर पारेर इटहरी उपमहानगर पालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुदै आएको मेलामा इटहरी लगायत आसपासका क्षेत्रबाट अवलोकन गर्न आउने दर्शकहरुको घुइचो लाग्ने गरेको मेला संचालक कपिल गुरुङले जानकारी दिए  । vlcsnap-12444544

कोरोना कहरका कारण बिगत ३ वर्षदेखी इटहरीमा मेला महोत्सवहरु सञ्चालन नभइरहेको अवस्थामा चाडपर्वको अवसर पारेर सञ्चालन गरीएको इटहरी मिनी मेला महोत्सवमा असोज २१ गतेदेखी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती सहित थप विभिन्न मनोरञ्जनात्मक खेलहरु सहित मेला संञ्चालन भइरहेको हो । 

इटहरी फुटवल क्लवको आयोजनामा सञ्चालित सो मेला अवधिभरमा कलाकार मेलिना राइ,ज्योती मगर, शिव परियार,भरतमणी पौडेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।