लेटाङ । उद्यमशिलता,स्वरोजगार,शान्ती स्थापनाका क्षेत्रमा कार्य गर्दै आएको सामुदायिक बिकास मञ्च नेपाल (सी.डी.एफ)को परियोजना बिकासका लागी साझेदारी कार्यक्रम अन्तरगत मोरङको लेटाङ क्षेत्रका लागी प्रभावकारी बन्दै गएको छ । 

बिक्रम सम्वत २०५६ सालमा स्थापना भइ मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ मा प्रधान कार्यालय रहने गरी लेटाङ क्षेत्रमा समुदायिक स्तरमा कार्य गर्दै आएको सो संस्थाद्धारा सञ्चालित कार्यक्रमहरु प्रभावकारी भएको स्थानियले बताएका छन । 

सोही परियोजना अन्तरगत बुधवार लेटाङ नगर पालिका वार्ड नम्बर ६ बैद्य टोलमा आयोजित सवालमा आधारित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानियहरुले सो कुरा बताएका हुन । WhatsApp Image 2022-10-12 at 18.40.27 (1)

सो परियोजना अन्तरगतका कार्यक्रमहरुले सामाजिक समस्या पहिचान र नीर्मुलिकरणका उपाय पहिल्याउने सम्बन्धमा योगदान पुर्याइरहेको परियोजना इन्चार्ज नरबहादुर लिम्बुले विश्वास व्यक्त गरे ।

 सि डी एफ नेपालको आयोजना,संस्थागत बिकास सञ्जाल ललितपुरको प्राविधिक सहयोग तथा ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजना लेटाङ नगरपालिकाका ३,४,५,६ गरी ४ वटा वडामा सञ्चालनमा रहेका छन । बुधवार आयोजित सो कार्यक्रममा परियोजनाका पदाधीकारी,स्थानीयहरु साथै जनप्रतिनिधीहरु बिच बहु विवाह,महिला हिंसा,लागुऔषध दुव्र्यसनी लगायत सामाजिक विकृतीले निम्त्याएका समस्या र तिनका समाधानका विषयमा छलफल गरिएको थियो ।