इटहरी । कोरोना कहरका कारण बिगत ३ वर्षदेखी इटहरी क्षेत्रमा मेला महोत्सवहरु सञ्चालन नभइरहेको अवस्थामा चाडपर्वको अवसर पारेर इटहरी मिनी मेला महोत्सव सञ्चालन भइरहेको छ ।
दशैं तिहारको अवसर पारेर इटहरी उपमहानगर पालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा इटहरी मिनी मेला महोत्सव सञ्चालन भइरहेको हो ।
इटहरी फुटवल क्लवको आयोजनामा दुर्गा पुजा सहित आसोज १० गतेदेखी सञ्चालन भइरहेको सञ्चालन भइरहेको मेला आसोज २१ गतेदेखी राष्ट्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सहित थप विभिन्न मनोरञ्जनात्मक सहित संचालन भइरहेको हो । 
जसअन्तरगत पहिलो दिनको प्रस्तुती अन्तरगत कलाकारहरु ज्योती मगरको प्रस्तुती रहेको थियो भने सोहि क्रमश मेलिना राइ,शिव परियार,भरतमणी पौडेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
चाडपर्वको अवसरमा सञ्चालीत उक्त मेलाले स्थानीय व्यवसायलाइ थप टेवा पुर्याएको साथै रोजगारीको अवसर सीर्जना गरेको मेला सञ्चालक पर्वत लामाले बताएका छन ।
साथै बिगतका वर्षहरुमा कोरोना कहरका कारण मेला महोत्सवहरु सञ्चालन नभइरहेको अवस्थामा सो मेलाले दर्शकलाइ थप मनोरञ्जन प्रदान गरेको र दशैकहरुको उल्लेखीय भीड देखीएको उनको भनाइ छ ।
यस्तै स्थानीय क्लवको आयोजनामा मोरङको लेटाङमा पनी यही असोज ३० गतेबाट तिहार लक्ष्ाित मेला सञ्चालन गरिने पनी लामाले जानकारी गराए ।
इटहरीमा विगत एक दशक अघि देखि सामुहिक दुर्गा पुजा स्थल वनाएर पुजा गर्ने गरिदै आएको छ । दुर्गा पुजा सँगै आयोजना गरीएको मेलामा इटहरी तथा आसपासका क्षेत्रका दर्शकहरु आउने गरेका छन ।




















