पाख्रिवास । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले महाष्टमीका दिन चैतन्य देबीहरु महादुर्गा, महालक्ष्मी र महा सरस्वतीको चैतन्य झांकी प्रर्दशनी सहित पाख्रिवास नगरपालिका बासिहरूलाई  बडादशै तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम पाख्रिबासमा सम्पन्न गरेको छ ।

ओमशान्ति आफैमा नामैले काफि रहेको र मानव जिवनमा जन्मेदेखि नमरून्जेल सम्म शान्ति आवश्यक रहेकाले बह्माकुमारी राजयोग सेवा केन्द्रले देशका साथै हरेक मानव जिवनमा अपरिहार्य रहेको पिस शान्ति ल्याउन गरेका हरेक प्रयासहरू महत्वपुर्ण र अनुकरणिय रहेको  पाख्रीबास नगरपालिकामा नगर प्रमुख ज्ञान बहादुर गुरुङले कार्यक्रमको उद्घाटनका क्रममा बताउनु भयो । 310097668_421447133380223_325806184562341164_n 2

नगर प्रमुख गुरूङ्गको प्रमुख आतिथ्यता एवं ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका ब्रह्मा कुमारी निर्मला ढकालको अध्यक्षतामा  सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा धनकुटा नगरपालिकाका ईन्जिनियर बैध्यनाथ कुमार सिंह, पाख्रिबास नगरपालिका वाँसिल गायतको उपस्थिति रहेको थियो । 310032816_2044275925758961_8472424257247254961_n