धनकुटा । धनकुटा निसान भगवतीमा हर्ष बडाईका साथ निसान भगवती मन्दिर बाट फुलपाति निकाली बजार परिक्रमा पश्चात टुडिखेलमा एक समारोहका विच विधिपुर्वक पुजा आजा गरि फुलपाति भित्राईयो ।
निशान भगवती मन्दिर परिसरमा भिमदल गणका सेनानी पूर्ण प्रजापतीबाट नेपाली सेनाको जङ्गी निशानको पुजा आरधना गरी हर्कबढाइका साथमा फुलपाती भित्राइयो । त्यसैगरी भिमदल गणका गणपती प्रमुख सेनानी सुमन थापाको अगुवाईमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सम्मानगारक टोलीबाट धनकुटाको टुडिखेलमा हर्कबढाईका साथ फुलपाती भित्राईएको छ ।
दशै लागे सँगै नौ दिनदेखि एक छाक मात्र खाना खाएर भगवतीको आरधना गर्ने गरिन्छ । स्थानीय भक्तहरूले निसान भगवतीको पुजा आराधाना गर्दा मागेको कुरा पाईने विस्वास रहेको छ । टुडिखेलमा सलामि सहित कुभिण्डो र बोकाको वलि दिएर हर्ष बडाईका साथ निसान भगवतीमा फुलपाती भित्राईएको छ ।
निसान भगवतीमा श्रीजंग निसान, ईन्द्रध्वज निसान र जङ्गि निसान विध्यमान रहेका छन् । सोहि अवसरमा मन्दिर व्यावस्थापन समिति र भिमदल गण को पहलमा निशान भगवती मन्दिर परिसरमा ऐतिहासिक तोप पुर्नरस्थापना गरिएको छ । नम्वर २ बाहिनका बाहिन पति सहायक रथी महेश कुमार थापाबाट ऐतिहासिक तोप अनावरण गर्नु भएको छ ।
दुईसय पचाँस बर्ष पुरानो भगवतीको मन्दिरमा नवमिमा राँगा, कुखुरा, हाँसलगायतको वली दिने चलन रहेको छ । विभिन्न रोगब्याध निको होस भनि भाकल समेत गर्ने गरेको स्थानीयहरू बताउछन् ।
पल्टन, गुल्म र गण एक ठाउँबाट अर्को ठाउँमा सरूवा भएर जाँदा निसान सँगै लिएर जाने गरिएको पल्टनको नियम भएता पनि धनकुटाको निसान लिएर जाने बेलामा एक्कासि मन्दिरमा घण्टहरू बजिरहेको र हेलिकप्टरमा लिएर जाने निर्णय हुदा हेलिकप्टर नै स्टार्ट नभएको हुनाले सोहि स्थानमा निसान राखिएको भन्ने किवदन्ति रहेको छ । यहाँ दिनहु साँझमा आरती गर्ने गरिन्छ ।
दशैंको सातौं दिन अर्थात सप्तमीको विशेष दिन फूलपातीका दिन देवी कालरात्रि स्वरुप दुर्गाको विशेष पूजाअर्चना गरिएको छ । कालो वर्ण, तीन नेत्र, चारहात भएकी, चारै हातमा तरवार, मसाल बोकेकी घोरमुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दंैत्यको संंहार गरेकी देविको गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गनुका साथै केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित फूलपाती निशान भगवीमा भित्राईएको छ ।
उक्त पदयात्रा समारोहमा विश्रान्ति मन्दिर मुलघाटबाट पनि फुलपाती ल्याइएको थियो ।




















