मोरङ । मोरङको सुन्दरहरैंचामा आदिवासी जनजातिहरुको वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङ जिल्ला कमिटीको आयोजनमा वृहत साँस्कृतिक कार्यक्रमका साथै दशैं, तिहार र छठ लगायतका पर्वहरुको शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव पेम्बा भोटे गुरुङ, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाल लगायतका नेताहरुको उपस्थिति रहनुका साथै मोरङका १७ वटै पालिकाबाट बाक्लो संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
महासंघको मोरङ जिल्ला कमिटीले जिल्लाका १७ वटै पालिकामा संगठन विस्तारको काम समेर जिल्ला स्तरीय कार्यक्रम गरिएको जिल्ला सचिव दावा तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा उराउ, खवास, थारु, सन्थाल, झाँगड लगायत लोपोन्मुख जातिका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष घर्तीले आदिवासी जनजातिको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको पार्टी नेकपा एमाले भएकाले आगामी संघ र प्रदेशको चुनावमा नेकपा एमाललाई जिताउने अभियानमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
हरेक राजनीतिक आन्दोलन, राष्ट्रियताको संरक्षण र देशको संवृद्धि नेकपा एमालेको नेतृत्वमा मात्र संभव रहेको भन्दै उहाँले नेकपा एमालेलाई जितए मात्रै त्यो सपना साकार हुने बताउनुभयो ।
यस्तै महासचिव भोटेले मोरङ जिल्ला सबै स्थानीय तहमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पालिका कमिटी गठन गरिसक्ने पहिलो जिल्ला भएको भन्दै प्रशंशा गर्नुभयो । महासंघका जिल्ला अध्यक्ष प्रभाग कुमार खवासको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चाल महासंघका जिल्ला सचिव दावा तामाङले गर्नु भएको थियो ।




















