इटहरी । जितिया पर्वको अवसर पारेर थारु महिला सभा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ ले पहिलो पटक जितिया महोत्सव तथा नृत्य प्रतियोगिताको  आयोजना गरेको छ ।

   इटहरी उपमहानगरपालीका वडा नम्बर ८ को सहकार्यमा इटहरी उपमहानगरपालिकाको गा्रमिण क्षेत्रमा पर्ने भुर्कीमा पहिलो पटक सामुहिक रुपमा जितिया महोत्सव तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।IMG_0080

थारु महिला सभा इटहरी ८ की  अध्यक्ष राधा सरदारको अध्यक्षता साथै इटहरी उपमहानगरपालिका वडा नम्बर  ८ का वडाध्यक्ष रोहीत चौधरीको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा सांस्कृतीक जातिय पोशाकमा सजिएका युवा युवतिहरुले नृत्य प्रस्तुत गरिएका थिए  

युवा पुस्ताला आफ्नो जातिय कला ,संस्कृति , भेषभुषा संरक्षणका विषयमा जागृत गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थारु महिला सभाकी केन्दीय सदस्य उर्मिला गच्छदारले वताइन । 

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष रोहित चौधरी लगायतले थारु समुदायका कला संस्कृति तथा जित महानका विषयमा चर्चा गरेका थिए ।