धनकुटा । व्युटिफुल कफि नेपालको आयोजना तथा जिल्ला कफि व्यावसायि संघ धनकुटाको  सहकार्यमा कृषक स्तरमा कफी उत्पादन सम्बन्धि दुई दिने तालिम धनकुटामा सम्पन्न भएको छ । 

धनकुटा जिल्लामा कफिमा टेक्निकल र प्राविधिक सर्पोट सहित रोग किराको नियन्त्रण गदै कृषकस्तरमा कफिको उत्पादन कसरी लिन सकिन्छ र दिगो रुपमा खेती गरेर उत्पादन बढाउदै कसरी व्यावसायिक बन्न सकिन्छ भन्ने विषयलाई समेटेर तालिम सञ्चालन गरिएको व्युटिफुल कफि नेपालका उपाध्यक्ष ईशुशंकर श्रेष्ठले जानकारी दिनुभयो । 

पाख्रिबास नगरपालिकाका २८ जना र धनकुटा नगरपालिकाका २८ जना गरि ५६ जना कफि कृषकहरुको सहभागिता रहेको उक्त तालिममा राष्ट्रिय चिया तथा कफि विकास वोर्डका प्राविधिक नरेन्द्र सुवेदि र जिल्ला संघका अध्यक्ष युवराज दर्नालले कफि रोपण, कफिको उत्पादन, खेतीका लागि आवश्यक हावापानि, सिचाई, माटोको अवस्था, छहारी व्यावस्थापन, रोगकिरालगायतका विषयमा प्रशिक्षण गराउनु भएको ज्याद राम्रो र फलदायि रहेको धनकुटा नगरपालिका वडा नम्वर १० का तालिममा सहभागि कफि कृषक कल्पना राइले जानकारी दिनुभयो । IMG20220913130449

युरोपियन युनियनकोे आर्थिक सहयोग, अन्तरास्ट्रिय व्यापार केन्द्रको कार्यान्वयन, नेपाल कफि व्यावसायि महासंघ, केन्द्रिय कफि सहकारी संघ, राष्ट्रिय चिया तथा कफि विकास वोर्डको समन्वय, व्युटिफुल कफि नेपालको सहयोगमा उक्त तालिम सञ्चाल गरिएको आयोजक संस्थाले जनाएको छ । 

२०१४ साल देखि व्युटिफुल कफि नेपालले गुल्मि, अर्गाखाचि, स्याङ्जा, पाल्पा लगायतका जिल्लाहरूमा गुणस्तरीय कफिको गुणसणतर बढाउन, कफिको गुणस्तर सुधार्न, कफिको मुल्य श्रृङ्खला, अन्तर्राष्ट्रिय स्तरमा कफिको वजारिकरणलगायतको  क्षेत्रमा काम गर्दै आएको आयोजक संस्थाका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।IMG20220914160337 (1)

नगर स्तरीय कफि संघका अध्यक्ष लोक बहादुर राई र जिल्ला कफि व्यावसायी संघ धनकुटाका अध्यक्ष युवराज दर्नालको अध्यक्षता एवं व्युटिफुल कफि नेपालका उपाध्यक्ष श्रेष्ठ र  धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख गोविन्द तिम्सिना, नेपाल बैंक लिमिटेड पाख्रिबासका शाखा प्रबन्धक सुनिल शाहा, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिलेका प्रमुख बसन्तराज भण्डारी, वडा अध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो ।

यस्तै जिल्लाको पाख्रिबास नगरपालिकामा पनी  दुई दिने तालिम २८, २९ गते सम्पन्न भएको थियो भने धनकुटा नगरपालिकामा ३०र ३१ गते सञ्चालन गरिएको उक्त तालिम सम्पन्न भएको छ ।