इटहरी । हरेक वर्ष जस्तै यस वर्ष पनि हर्सोउल्लासका साथ आज विश्वकर्माबाबाको पूजा धुमधामका साथ प्रदेस नम्बर १ मा पनि गरियो ।
कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष असोज १ गने विश्वकर्मा पुजा गरि मनाउने गरिए झै यस वर्ष पनि विश्वकर्मा बाबाको पुजा अर्चना गरि मनाइएको हो ।
विश्वर्कमा बाबालाई कर्मका उपासकको रुपमा लिइने भएको कारण फलाम र औजारका क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई महत्वपुर्ण दिनका रुपमा पुज्ने गर्दछन । फलामसंग सम्वन्धीत कलकारखाना , सवारी साधन , मेशीनरी आदीका क्षेत्रका काम गर्नेहरुले विश्वकर्मा बाबाको पुजाअर्चना गरी आगामी दिनमा अझ वढी सफलता मिलोस भनी आरधना गर्ने गर्दछन ।
प्रदेस नम्बर १का विभिन्न ठाँउहरुमा रहेका विश्वकर्मा बाबाका मन्दीरहरुमा सवारी साधन लगेर पुर्जाअर्चना गर्नेहरुको भिड लागेको छ । सुनसरीको धरान र मोरगंको सुन्दरहरैचामा रहेको विश्वकर्मा बाबाको मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ । विश्वकर्मा पुजाका दिन आफुले प्रयोग गर्ने सवारी साधन , कलकारखाना , मेशीनरी आदिको पुजा गर्ने गरिन्छ । सुनसरीको इटहरीमा पनि इटहरी उपमहानगरपालिको पनि विश्वकर्माबाबाको मुर्ति राखेर अर्चना गरियो भने वह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले पनि भक्तजनहरुको सवारी साधनको पुजा गरियो ।
विश्वकर्मा पुजाका दिन अन्य वर्ष झै व्यापार भने नभएको साजसज्जाका सामाग्री विक्रेता गुञ्जन कस्मेटिकका संचालक राजन पौडेलले वताए ।
उनले पहिलेको तुलनामा आधा मात्र व्यापारी भएको भन्दै सोह्श्राद्धका कारण पनि हुन सक्ने अनुमान गरे ।
त्यसै गरी मिठाई पसल सञ्चालन गर्ने विरेन्द्र साहले पनि सोह्श्राद्धका कारण व्यापार नभएको सुनाए । 
विश्वकर्मा पुजाका दिनमा सडक किनारामै मिठाई पसलहरु राखेर विक्री गर्ने गरिन्छ । तर यो वर्ष मिठाई पनि विक्री नभएको पसललेहरुले गुनासो गरेका छन ।
विश्वकर्मा पुजाका अवसर पारेर सवारीका साधनहरुलाई बिहानै धोइपखाली गरी पुजा गरिन्छ भने अन्य फलामसंग सम्वन्धित कलकारखाना तथा औजारहरुको पनि पुजा गर्ने चलन रहेको छ । सवारीका साधानका साथै मेशीनरी उद्योगहरु सजाएर रंगीनचगीं वनाएर पुजा गर्ने गरिन्छ ।
आजको दिन घरघरमा समेत मेशीनरी ,सवारी साधन आदिको पुजा गरीने भएको कारण यस्ता सवारी साधान र उद्योग कलकारखान त्यत्ती धेरै सञ्जाल भएको पाइदैनन । फलामसंग सम्वन्धित काम गर्नेहरुले आजको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजास्थल वनाउने र आजको दिन पुजा गरी भोली पल्ट नदी तथा तलाउमा लगेर मुर्ति सेलाउने प्रचलन समेत रहेको छ ।




















