इटहरी । इटहरी लेडी जेसीजको विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न भएको छ ।

जेसीजको सचिवालयमा सम्पन्न कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो ।

 उक्त वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस एकेडेमीका  सिदार्थ कट्वाल प्रथम भएका छन ।

तेस्तै कस्तुरी कलेजका आयुष कट्वाल दोस्रो र ग्रिनपिस एकेडेमीबाटै सुजित सापकोटा तेस्रो भए भने कोशी कलेजकी सरस्वती ढकालले सान्तोना भएकी थिन ।f333a5ef-4621-4feb-8b38-a2aa46ac2e50

प्रतियोगिताका प्रथम, दोस्रो,तेस्रो हुने लाईे नगद सहित प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार किष्ण विनोद लम्साल, गंगा घिमिरे, रामचन्द्र भटराइ, पद्मा देवी पन्धाक रहेका थिए ।ae96ba46-2f00-455c-ac52-d4af3a336073  

कविता खड्काको संयोजकत्वमा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार मनुमन्जीलको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसीज अध्यक्ष दुर्गा खड्का आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृ शाखा इटहरी जेसीजका अध्यक्ष लोकनाथ भण्डारी, तरहरा जेसीजका पुर्व अध्यक्ष  सुनिल तिम्सीना लगायतको सहभागिता रहेको थियो ।

शाखाले जेसीज सप्ताह अन्तरगत रक्तदान,स्वास्थ्य शिविर, साइकल र्याली, शैक्षिक समाग्री वितरण लगायतका विभिद कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमकी मुल संयोजक लक्ष्मी बराल गौतमले जानकारी दिइन ।