इटहरी / दुर्गा वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

बिहिवार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच संस्थाले २० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 संस्थाका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा प्रदेश १ का भुमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओम प्रकाश सरावगीको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका विगत ४ वर्षका उपलब्धीका विषयमा चर्चा गरिएको थियो । 

कार्यक्रमका बिच संस्थाका सचिव उमेश पौडेलले सचिव तथा कोषध्यक्षको प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक खेमनाथ भट्टराइले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रदेश १ का भुमी व्यवस्था सहकारी गरिवी निवारण मन्त्री ओम प्रकाश सरावगीले साथै उनले बि.सं २ हजार ५७ सालमा २५ जना सदस्यबाट सुरु भएको दुर्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजको समयसम्म आइपुग्दै गर्दा ठुलो फड्को मारेको उल्लेख गरे । vlcsnap-2022-09-08-17h24m44s115

साथै उनले पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेहको विकृतीले समग्र सहकारी क्षेत्रलाइ नै बदनाम गरेको बताउँदै यस्ता परीपाटीको न्युनीकरण सम्बन्धमा सरकार चिन्तित रहेको बताए । 

कार्यक्रममा उत्कृष्ठ बचत कर्ता,ऋण कर्ता तथा विद्यार्थी लाई सम्मन गरिएको थियो । 

 कुल २ हजार ५ सय ९४ सेयर सदस्य संख्या रहेको उक्त संस्थाले आर्थिक वर्ष २०७८(७९ मा संस्थाले ६५ लाख सेयरको लक्ष्य लिएकोमा ७४ लाख ८ हजार ७ सय वृद्धि भइ १ सय १३.९८ प्रतिशत प्रगती भएको सस्थाको प्रतिवेदनमा उल्लेख छ । vlcsnap-2022-09-08-17h25m08s391

यस्तै,वचत संकलन तर्फ ३ करोड ५६ लाख १ हजार ५ सय २२ वृद्धि गर्ने लक्ष्य राखिएकोमा ३३ लाख ३३ हजार ७ सय २० वृद्धि भइ ९.३६ प्रतिशत प्रगती भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

 उक्त कार्यक्रममा सहकारी महासंघ लेखा समिति सदस्य तथा राष्ट्रीय सहकारी बैंक इटहरीका संयोजक सोम बहादुर श्रेष्ठ,जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल,बचत तथा ऋण सहकारी संघ इटहरीका उपाध्यक्ष विमला प्रधान लगायत संस्थाका शेयर सदस्य तथा पदाधीकारीहरुको सहभागीता रहेको थियो ।

यो साधारण सभाले नयाँ कार्य समिती चयन गर्ने छ ।