धनकुटा ।  धनकुटा लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 
 जेसीज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत बुधबार नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई स्वागत सम्मान गरेको छ । 
 बर्ष २०२२ कि अध्यक्ष बिपना श्रेष्ठको अध्यक्षता तथा धनकुटा लेडी जेसीजकी  संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको उपस्थितिमा जेसीज सप्ताहको तेस्रो कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो ।302344468_1313710159373263_5380123538672976344_n
उक्त कार्यक्रममा धनकुटा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिन्तन तामाङ्ग र उप प्रमुख भिमादेवि खनाललाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिको हो । 
उक्त सम्मान कार्यक्रम  कार्यकारिणी उपाध्यक्षहरु  रिना श्रेष्ठ र सरस्वती राईको संयोजनमा भएको थियो ।