इटहरी । नेपालको शिक्षा क्षेत्रको विकासमा नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले वताएका छन । 

 सुनसरीको इटहरीमा ई क्यान पूर्वाञ्चल शैक्षिक मेला उदघाटन कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले शिक्षा संसार परिर्वतनको मुलभुत आयम हो , शिक्षाले संसार परिर्वतन गर्न महत्वपुर्ण योगदान गर्दै आएको र नेपालमा पनि शिक्षाको विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको वताएका हुन । IMG_0259

ई क्यान पुर्वाञ्चलका अध्यक्ष प्रकास लकान्द्रीले आफुहरुले विद्यार्थी विदेश पठाउने मात्र नभएर विदेशमा सिकेर आएका कुराहरु यहाँ प्रयोगमा ल्याउन काउन्सिल समेत गर्ने गरेको भन्दै पहिला स्वदेश अनि मात्र विदेश भनेर नेपाली कलेजहरुको प्रोमोसन समेत गर्ने गरेको वताए । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुले मेलामा आफुहरुलाई पठनपाठनका विषयमा  विधार्थीहरुलाई  दक्ष अनुभवी परामर्शदाताहरुबाट जानकारी गराइएको थियो । IMG_0291

ईक्यान पुर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सीनाको संयोजकत्वमा भएको मेला  ई–क्यान केन्द्रका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे लगायतले कन्सल्टेन्सीका विषयमा बोलेका थिए ।IMG_0279

 ईक्यान मेलामा ४० बढी विभिन्न कन्सल्टेन्सीका स्टलहरु राखिएको थियो भने ५ सय बढी विद्यार्थी तथा तथा अभिभावकहरुको सहभागिता रहेको थियो । 

भाद्र २३ गते धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते विराटनगरको नमस्कार होटलमा कार्यक्रम आयोजना हुनेछ ।