इटहरी । स्वस्थ्य जीवनका लागि साईकल प्रयोगको महत्वको संदेश दिने उद्धेश्यले इटहरी लेडि जेसिजले साईकल र्यालीको आयोजना गरेको छ ।
इटहरी लेडि जेसिजले जेसिज सप्ताह अन्तरगत साईकल र्यालीको आयोजना गरेको हो । पछिल्लो समयमा मानिसहरुले स्वास्थ्यका लागि विभिन्न किसिमका व्यायम गर्न थालेका छन । दैनिक जीवनमा सवारीका रुपमा प्रयोग गर्न सकिने साइकल प्रयोगले मानिसहरुको स्वास्थ्यका लागि साईकल प्रयोग लाभदायक हुने संदेश दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। साईकल र्यालीकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले साईकल प्रयोगले स्वास्थ्य राम्रो हुने हुँदा लेडि जेसिजले जेसिज सप्ताह अन्तरगत राम्रो काम गर्दै आएको वताइन । 
त्यसै गरी आयोजक इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्यले साइकल प्रयोगले मान्छेलाई स्वस्थ्य वनाउछ भने पेट्रोल सकियो भन्नु नपर्ने तथा खर्च समेत धेरै नपर्ने हुदाँ साइकलको प्रयोग गर्ने बानी बसाल्नु पर्नेमा जोड दिइन ।
इटहरी लेडि जेसिजकी उपाध्यक्ष रजिना तिम्सिनाको संयोजकत्वमा आयोजना गरिएको साईकल र्याली उपमहानगरपालिकाबाट सुरु भएर आपँगाछी सम्म पुगेर पुन उपमहानगरपालिकामा आएर समापन गरियो ।
साईकल र्यालीमा ४० जनाको सहभागिता रहेको थियो । सो साईकल र्यालीमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु लगायतको पनि सहभागिता रहेको थियो ।




















