इटहरी । इटहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यले ट्राफिक प्रहरीलाई नो पाकिंगका साइबोर्ड उपलव्ध गराइएको छ ।
केटिएम बबलटी इटहरीले उपलव्ध गराएको ८ थान नो पाकिगंका साइन बोर्ड बुल्स इलेभेलनको संयोजनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले प्रदेश ट्राफिक प्रहरी इटहरीलाई हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरपालिकाको मुख्य चौक क्षेत्रको तिन सय मिटर क्षेत्रफलमा पार्किगं गर्न नपाइने गरी नगरक्षेत्रलाई व्यवस्थित वनाउने काम भई रहेकोमा आफनो तर्फबाट पनि केही सहयोग पुगोस भन्ने उद्धेश्यले साइनवोर्ड उपलव्ध गराइएको केटिएम बबलटीका सञ्चालक चाँद लामाले जानकारी दिए ।
इटहरी क्षेत्रमा विगत पाँच वर्ष देखि सरसफाई साथै अन्य सामाजिक कार्यमा सक्रिय रहदै आएको बुल्स इलेभेनले बजार क्षेत्रलाई व्यवस्थित वनाउन केटिएम बबलटीको सहयोगमा साईनवोर्ड उपलव्ध गराइएको बुल्स इलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए । सो साईनबोर्ड वडाध्यक्ष पोखरेलले १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मीलाई हस्तान्तरण गरेका थिए ।




















