इटहरी । मानिसहरुको उपचारका लागि आवश्यक पर्ने रगत पुर्वका स्वास्थ्य संस्थाहरुमा अभाव भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा इटहरी लेडि जेसिजको रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
इटहरी लेडि जेसिजको जेसिज सप्ताह अन्तरगत दोस्रो कार्यक्रम रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा ख्डका आचार्यको अध्यक्षता तथा युमुना वुढाथोकीको संयाजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक रहेको थियो । अहिलेको समयमा रगत अभाव भईरहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्यले जानकारी दिइन । उनले रक्तदान भने अति संवेदनशिल हो भन्दै कसैको रगतले कसैको ज्यान बच्ने हुँदा रक्तदान गर्न आग्रह समेत गरिन । 
इटहरी जेसिजका पुर्व अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आथ्यितमा भएको रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापा , इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु बालिका भट्टराई ,मिनु न्यौपाने ,उर्मिला कटुवाल लगायतको सहभागिता रहेको थियो ।




















