इटहरी । सुनसरीको इटहरीमा रहेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले राजेन्द्रकेशरी घिमीरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
संस्थाका अध्यक्ष ठमनाथ लम्सालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले घिमीरेको अध्यक्षतामा १३ सदसीय नयाँ कार्य समिति चयन गरेको हो ।
सर्वसम्वत चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा वेदनाथ भेटवाल राजन , सचिवमा टंक प्रसाद पोखरेललाई रहेका छन । त्यसै गरी सञ्जीव ढुंगाना ,मेघराज श्रेष्ठ , कुमारी न्यौपाने,युवा कुमारी श्रेष्ठ लगायत चयन भएका छन ।
त्यसै गरी अधिवेशनले लेखा समितिको संयोजकमा तुलसी प्रसाद कोइराला र सदस्यहरुमा राजन घिमीरे र आशा शर्मा भट्टराईलाई सर्वसम्मत चयन भएका छन ।
२०६७ सालमा १सय ४९ जना सेयर सदस्यबाट जनही १५ हजारका दरले २२लाख ३५ हजार रुपैया सेयर पुँजीबाट सुरु गरेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडका हाल सेयर सदस्य एक हजार २८ पुगेको छ भने सेयर पुँजी २ करोड ६३लाख ५१हजार ६सय रुपैया पुगेको सो अवसरमा प्रतिवेदन प्रस्तुत गरियो ।
कार्यक्रममा नेपा वहुउद्धेश्य सहकारीका उपाध्यक्ष जितेन्द्रकुमार श्रेष्ठ, हातेमालो महिला वचत तथा सहकारीकी निर्मला भण्डारी , नेपाल रेडक्रस सोसाईटी इटहरीका सचिव सञ्जीव ढुंगाना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















