इटहरी । इटहरीमा रहेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । संस्थाका अध्यक्ष ठमनाथ लम्सालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारण सभा आयोजना गरिएको हो ।  २०६७ सालमा १सय ४९ जना सेयर सदस्यबाट जनही १५ हजारका दरले २२ लाख ३५ हजार रुपैया सेयर पुँजीबाट सुरु गरेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडका हाल सेयर सदस्य एक हजार २८ पुगेको छ भने सेयर पुँजी २ करोड ६३ लाख ५१ हजार ६सय रुपैया पुगेको सो अवसरमा प्रतिवेदन प्रस्तुत गरियो ।  सो सहकारीको १२औं साधारण सभामा कर्मचारी सावित्रा पोखरेललाई पुरस्कृत गरिनुका साथै बाल बचतकर्ता उत्कृष्ट ऋणी , उत्कृष्ट बचतकर्ता , विद्यार्थी र जेष्ठनागरिकलाई सम्मान समेत गरियो ।साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै समापन हुने सहकारीका सचिव वेदनाथ भेटवालले जानकारी दिए ।  कार्यक्रममा नेपा वहुउद्धेश्य सहकारीका उपाध्यक्ष जितेन्द्रकुमार श्रेष्ठ, हातेमालो महिला वचत तथा सहकारीकी निर्मला भण्डारी , नेपाल रेडक्रस सोसाईटी इटहरीका सचिव सञ्जीव ढुंगाना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।