धनकुटा  । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले एक क्रार्यक्रमका साथ नव निर्मित सिलढुङ्गा ग्रीन पार्क उद्घाटन गर्नु भएको छ ।

सांसद कोषको ५० लाखको बजेटबाट निर्माणाधिन उक्त पार्क निर्माणसँग सँगै प्राकृतिक सौन्दर्यता तथा छिनछिनमा बदलिने मौषमका कारण पर्यटकहरुलाई आकर्षित गर्न सक्ने धनकुटाको कागते क्षेत्रमा पर्यटन प्रवद्र्धनमा जोड दिदै पर्यटकीय क्षेत्र निर्माण कार्यले गति लिन थालेको छ ।

धनकुटा नगरपालिका वडा नम्बर ३, ४ र ६ मा पर्ने यस कागते क्षेत्रमा विगतका दिनहरुमा बिकृति फैलदै गएकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके आन्तरिक पर्यटकका साथै बाह्य पर्यटक समेतको दरिलो गनतब्य बनाउन सकिने र यसैबाट आम्दानी समेत लिन यस क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा जोड दिदै कृतिम रुपमा साजसज्जा गर्ने कार्य भईरहेको प्रदेश नम्वर १ प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ जुलि बताउनु हुन्छ । vlcsnap-2022-09-03-16h41m47s037

सिलढुंगा सामुदायिक वन क्षेत्रमा निर्माण भई रहेको सिलढुंगा पार्कमा थप विकास योजनाहरु समेत रहेका छन् । पर्यटकहरुलाई आकर्षित गर्न सकिने तर्फ मध्यनजर गर्दै स्थानीय तह तथा प्रदेस सरकारका तर्फबाट वडा नम्बर ६ मा सिलढुगां पार्कमा सिवजीको मुर्ति, चौतारा, भर्याङ्ग, चमेना गृह, शौचालय, रेलिगं, विभिन्न जनावरका मुर्तिहरु, शौन्दर्यपरक प्रजातीका बृक्षारोपण, फुलहरु लगाउने, भगवान शिवको मुर्ति, विश्राम स्थल, पार्क प्रवेशद्धार, लगायतका भौतिक संरचना निर्माण कार्य सम्पन्न भएको छ ।

हिले र धनकुटाको वैकल्पिक सहरका रुपमा कागतेलाई विकास गर्न पर्यटनलाई आधार बनाउने योजना अनुरुप सो क्षेत्रमा पुर्वाधार निर्माण गरिएको हो । पर्यटन पनि समृद्धिको आधार हो भन्ने कुरालाई आत्मसाथ गर्दै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेस सरकार र आफुले समेत सहयोग गर्दै आएको प्रदेश सदस्य कुसुमको भनाई छ ।IMG20220903091415 (1)

पर्र्यटकीय क्षेत्रको रुपमा कागतेमा विभिन्न कामहरु भई रहेको तर्फ मध्यनजर गर्दै प्रचारप्रसार हुन सके यो क्षेत्रको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ । कागतेमा मात्र हैन सांसद कोषबाट जिल्लाका अन्य क्षेत्रहरुमा समेत पर्यटकीय पुर्वाधार विकास भईरहेका छन् । 

उक्त कार्यक्रममा धनकुटा नगरपालिकाकी उपमेयर भिमा देवी खनाल,वडा नम्वर ३ का अध्यक्ष विकास घिमिरे, ६ का वडा अध्यक्ष, निर्माण उपभोक्ता समिति पदाधिकारी अध्यक्ष उद्धव प्रसाद वाग्ले, सचिव रिता खतिवडा, कोषाध्यक्ष धन बहादुर खड्का, अनुगमन संयोजक पुरुषोत्तम अर्याल, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।