इनरुवा  ।  विभिन्न काम र कारणले  केही ठाउँका जनप्रतिनिधिहरुको चर्चा चुलिरहेको समयमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाका जनप्रतिनिधिहरु भने ओझेलमा पर्दै आएका  थिए ।  यही समयमा केही दिन यता देखि इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीको चर्चा सुरु भएको छ ।  इनरुवा नगरपालिका वडा नम्बर ५मा दुहवी इनरुवा सडक खण्डसंगै जोडिएको १९ कठठा जग्गा आँखा अस्पताल , आयुवेर्द औषधालय र वृद्धाश्रम निर्माणको लागि दिने घोषणा गरेसंगै इनरुवा नगरप्रमुख भण्डारीको चर्चा एकाएक हुन थालेको हो । कानुन व्यवसायीको नेतृत्वसंगै नेपाली काँग्रेसको  राजनिति गर्दै आएका भण्डारी नेपाली काँग्रेसको दुई पटक जिल्ला सचिव र हाल जिल्ला सभापति भएपनि जग्गा दिने घोषणा गर्नु अघि सम्म भण्डारीको चर्चा यत्ति धेरै भएको थिएन । नगरप्रमुख भण्डारीले जग्गा दिने घोषणा गरेपछि धेरै जग्गा भएका भण्डारीले थोरै दिएर धेरैमा बाटो पुर्याएर बाँकी रहेको जग्गालाई घडेरी वनाएर मुल्यवान वनाउन लागेको भनेर आलोचना समेत गर्न थालिएको छ । तर नगरप्रमुख भण्डारी  आफुले दिने भनेर घोषणा गरेको जग्गा भएको ठाउँमा आफनो एक धुर पनि जग्गा नभएको दावी गर्दछन । यो जग्गामा बन्ने संरचनाहरुले मलाई व्यक्तिगत रुपमा लाभ नहुने भन्दै भण्डारीले नगरवासीको खुशीनै आफनो खुशी भएको समेत वताए ।  भण्डारी निर्वाचित भएर आएसंगै नगरवासीलाई बाढी तथा डुवान समस्याबाट मुक्ती दिलाउन नाला सफाई अभियान , गरिवी जेहेन्दार विद्यार्थीलाई डाक्टर इन्जिनियर लगायतका विषय  पढाउने निणर्यसंगै नगरपालिका रहेका अनावश्यक कर्मचारी कटौती गर्ने निणर्यलाई नगरवासीले उपलव्धीका रुपमा लिएका छन ।