इनरुवा । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरीले आयोजना गरेको वक्तृत्वकला प्रयोगितामा इटहरीमा रहेको इटहरी मोडल स्कुलका अमिस गुरुगं प्रथम भएका छन ।

  जिल्लाका सात वटा पालिकामा रहेका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु विच यही भाद्र २ गते गरिएको छनौट प्रतियोगिताबाट प्रथम,द्धितिय र तृतिय भएका विधार्थीलाई सहभागी गराएर गरिएको प्रतिपस्र्धामा गुरुगं प्रथम भएका हुन ।301658486_5571871672874072_6209137250433706504_n 1

  प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकालको अध्यक्षता तथा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगितामा इटहरीकै डिभिएम स्कुलकी योगिनी रिजाल द्धितिय र इनरुवामा रहेको सुर्यकिरण एकेडेमीकी सर्मिला अधिकारी तृतिय भएकी छन ।301062664_5571872262874013_5758666323973442466_n

  कार्यक्रममा शिक्षा समन्वय इकाई सुनसरीका प्रमुख रमेश दाहाल, प्याब्सन प्रदेस नम्बर १ उपाध्यक्ष समित थापा , सहसचिव विष्णु कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।