इटहरी । विभीन्न सामाजीक कार्य तथा सरसफाइ अभियानमा सक्रीय रहदै आएका बुल्स इलेभेन क्लव र लियो क्लव अफ इटहरी इनोभेसनको संयुक्त आयोजनामा इटहरी रंगशालामा सरसफाइ गरिएको छ । 

रंगाशाला परिसरमा पलाएका झारले रंगशाला क्षेत्रको सुन्दरता खच्कीएको तर्फ मध्यनजर गर्दै संस्थाहरुद्धारा संयुक्त रुपमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

फोहोरमैलाकाले गर्दा इटहरी रंगशाला क्षेत्रको दृश्य कुरुप देखिएको  कारण त्याहाको सौन्दर्यकरण गर्न सरसफाइ अभियानमा जुटेको बुल्स इलेभेनकी सहसचिव दिपा गेलालले बताइन ।  20220827_083650

राष्ट्रिय स्तरका खेल खेलाइसकीएको उक्त रंगशाला स्थानिय सरकारलाइ हस्तान्तरण नगरीएका कारण यस क्षेत्रमा सरसफाइ लगायतका कार्य मात्र गरिरहेको इटहरी उपमहानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले जानकारी दिए । 20220827_085252

सरोकारवाला निकायले सरसफाइ तथा वातावरणिय स्वच्छताका क्षेत्रमा अपेक्षीत कार्य नगरेको हुदा स्थानीय स्तरमा रहेका सार्वजानिक क्षेत्रमा बुल्स इलेभेन क्लवले सरसफाइ अभियान लाई निरन्तरता दिदै आएको बुल्स इलेभेन क्लवका उपाध्यक्ष रामु राइले जानकारी दिए ।  

उक्त सरसफाइ कार्यक्रममा राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ,रोसन तामाङ लगायत इटहरी उपमहानगरपालीका कर्मचारीहरुको सहभागीता रहेको थियो ।