इटहरी । नजिकी रहेको नेपाली हिन्दु महिलाहरुको महान चार्ड तिजको अवसर पारेर सुनसरीको इटहरी २०मा रहेको किड्स हेप्पी होमले विद्यार्थीका आमा दिदीबहीनीहरुसंग तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

    विगत वर्ष देखि नै किट्स हेप्पी होम मन्टेश्वरी स्कुलले विद्यार्थीका आमा दिदीवहिनीहरुसंग तिज कार्यक्रम आयोजना गर्दै आए जस्तै यस वर्ष पनि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।IMG_0358

    स्कुलकी प्रिन्सीपल रिता आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायिका गंगा गौतमले तिज तथा अन्य गित गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन ।IMG_0378

त्यसै गरी स्कुलले कार्यक्रममा सहभागी विद्यार्थीका आमा तथा दिदीहरुलाई तिजको अवसरमा सिगांरको सामाग्री वितरण गरिएको थियो भने दर समेत खुवाइएको थियो ।