इटहरी । तिज विशेष  कार्यक्रम सहित विभिन्न कार्यक्रमको आयोजना गरी लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    नजिकी  रहेको नेपाली हिन्दु महिलाहरुको  महान चाड तिजलाई लक्षित गरी आफना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको समेत आयोजना गरि लोकतन्त्र र न्यायका लागि आमा समुहले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।IMG_0324

   समुहकी अध्यक्ष कमलकुमारी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई लोक गायिक गंगा गौतमले तिज गित सहित अन्य गित गाएर नचाएकी थिइन ।

तीज विशेष कार्यक्रम भएको कारण महिलाहरुले तिजका गितमा नाचगान गरी रमाइलो गरे । समुहले आयोजनाको वार्षिक साधारण सभा लगायतका कार्यक्रमका विषयमा समुहकी संस्थापक अध्यक्ष कमला खड्काले प्रकास पारेकी थिइन ।IMG_0316

गिता राईको संयोजकत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुमाया गुरुगं,माइती नेपाल सुनसरीकी कार्यक्रम सम्योजक सुनिता कार्की लगायतका सहभागिता रहेको थियो भने कार्यक्रममा भुपु सैनिक भवन तरहरामा आयोजना गरिएको थियो ।

   लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले हरेक वर्ष तिज विशेष कार्यक्रम सहित वार्षिक साधारण सभा आयोजना गर्दै आएको छ ।  IMG_0298