इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर निरन्तरता दिएको छ ।

सामाजिक क्षेत्र सक्रिय रहदै आएको रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर तिरुपति अटो सिटीले यस वर्ष पनि तिज विशेष कार्यक्रमलाई निरन्तरता दिएको हो ।

20220824_181050

इटहरीमा रहेको यमाहा मोटरसाईकल तथा स्कुटरको  विक्रेता तिरुपति अटो सिटीले रोटरी क्लव अफ इटहरीसंग मिलेर विभिन्न सामाजिक कार्य समेत समयसमयमा गर्दै आएको छ भने यस पटकको तिज विशेष कार्यक्रम पनि रोटरी क्लव अफ इटहरीसंगै मिलेर आयोजना गर्यो  ।

तिरुपति अटो सिटी इटहरीका सञ्चालक तथा रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीकोे अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले तिजका गितमा नाचगान गरेर रमाइलो गरेका थिए भने तिजको दर खुवाउने परम्परालाई निरन्तरता दिदै दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको कार्यक्रम अध्यक्ष संजोय पराजुली वताउछन । कार्यक्रममा रोटरी क्लव अफ इटहरीका महिलाहरु साथै इटहरी क्षेत्रका अन्य महिलाहरु गरी ३०० जनाको सहभागीता रहेको थियो ।