इटहरी । नेपालका प्रमुख २१ शहरहरु तथा विश्वका १३ देशका ५० भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ आयोजना गर्ने भएको छ ।

 सो शैक्षिक संस्थाले सोमवार पत्रकार सम्मेलन गरी संस्थाले विगतका वर्षहरुमा भै यस वर्ष पनी नेपालका प्रमुख शहरहरुमा एडुकेशन फेयर आयोजना गर्ने जनाएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्ने संस्थाका प्रबन्धक निर्देशक कमल तिम्सीनाले जानकारी दिए । 

नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, नारायणगढ, हेटौडा र मिति २०७९ साल भाद्र ८ गते बुधवारका दिन इटहरी स्थित आफ्नै कार्यालय रहेको भवनमा एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर  आयोजन गर्ने संस्थाले जनाएको छ । 

 साथै यस कार्यक्रममा ५सय देखी १ हजार  विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहने संस्थाले अपेक्षा राखेको छ । 

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले यस संस्थाले विगतका वर्षहरुमा भौ यस वर्ष पनि कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ ।