इटहरी । रोटेरी क्लब अफ इटहरी र ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको संयुक्त आयोजनामा १ दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार इटहरी स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा “अनगिन्ती खुसीको लागी अरु एक कदम” नामक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीको अध्यक्षता तथा रोटरी क्लव इन्टरनेशनलकी असिस्टेन्ट गभर्नर अचर्ना तापडीयाको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रमलाइ ब्रह्मकुमार विजयराज सीग्देलले सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रम स्वास्थ्य जीवन शैली,तनाव व्यवस्थापन ,राजयोग शिविर लगाायतका प्रशिक्षणमा केन्द्रित रहेको थियो । उक्त प्रशिक्षणले शान्ती,खुसी प्राप्त हुने साथै शाररिक,मानसिक एवम सामाजिक सम्बन्ध सुमधुर हुने ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका शारदा दीदीले जानकारी दिइन ।
साथै आगामी दिनमा पनी सेवा केन्द्रले राजयोग शिविर,ध्यानका साथै विविध कार्यक्रमहरु सञ्चालन गर्ने उनले विश्वास व्यक्त गरीन ।
उक्त प्रशिक्षण मार्फत व्यवसायी,कर्मचारी,राजनीतीज्ञ लगायत विभीन्न संघ सस्थाका २ सय ५० जनाको सहभागिता रहेको थियो ।




















