मोरङ । हिन्दु महिलाहरुको महान चार्ड हरितालीका तीज नजिकिए सँगै विभिन्न संघ सस्थानहरुले महिलाहरु भेला भएर सामुहिक रुपमा नाचगान साथै दर खाने कार्यक्रमहरु आयोजना गर्ने चलन सुरु भएको छ ।
पछिल्लो केही समय यता संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनी तिज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन ।
यस्तै नेकपा एमले निकट अखिल नेपाल महिला संघले पनी तिज विषेश कार्यक्रमको आयोजना गरेको छ ।
आइतवार अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटिले नेतृत्व बिकास तथा तिज विषेश सास्कृतीक कार्यक्रमको आयोजना गरेको हो । अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटी अध्यक्ष कविता शर्माको अध्यक्षता तथा नेकपा एमाले प्रदेश १ कमिटि उपसचिव धनमाया तामाङको प्रमुख आतीथ्यमा आयोजित कार्यक्रममा नाचगान तथा सांङगीतीक कार्यक्रम प्रस्तुत गरीएको थियो ।
त्यस्तै महिलाहरुलाइ अभिप्रेरीत गराउने उदेश्यले “सृजनाका दिपहरु बाल्ने तिम्रा हात,सगरमाथा चुम्नसक्ने धैर्यता र साहास” लगायतका रचनाहरु समेत प्रस्तुत गरीएको थियो ।
महिलाहरुमा समुहगत भेला मार्फत सामुहिक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक समितिकी अध्यक्ष शर्माले जानकारी दिइन ।
साथै उनले महिलाहरुको नेतृत्व बिकासका नीमीत्त यस कार्यक्रमको व्यवस्थापनको जीम्मेवारी संगठनमा आबद्ध महिलाहरुलाइ दिइएको समेत बताइन । 
उक्त कार्यक्रममा लोक गायक बालकृष्ण सिग्देल,गंगा गौतम लगायतका कलाकारहरुले तिज विशेष सांङगीतीक प्रस्तुती रहेको थियो भने नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य,प्रदेश कमिटी सदस्य,अखिल नेपाल महिला संघ सुन्दरहरैचा ३ की अध्यक्ष सावित्रा सीवाकोटी लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।




















