इटहरी । विभीन्न धार्मीक गतीविधीहरु सञ्चालन गर्दै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले यो वर्ष पनी श्री कृष्ण जन्मअष्ठमीको अवसरमा आध्यात्मीक प्रवचन तथा सांस्कृतीक कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रवार सेवा केन्द्रले श्री कृष्ण जन्मअष्ठमीको अवसर पारेर चैतन्य झाँकी प्रदर्शनका साथै धार्मीक नृत्य साथै अन्य विभीन्न धार्मीक कार्यक्रमको आयोजना गरेको हो । WhatsApp Image 2022-08-19 at 9.49.52 AM

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख शारदा दीदी को अध्यक्षता साथै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतीथ्यतामा कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रमका बीच सेवा केन्द्रकी प्रमुख शारदा दीदीले कृण जन्मअष्ठमीको आध्यात्मिक रहस्य बारे प्रकाश पारेकी थिइन । vlcsnap-2022-08-19-17h27m46s061

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल,उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण हुमागााइ,रोटरी क्लव इटहरीका पुर्व अध्यक्ष अनन्त विष्ट,स्कोन इटहरीका अध्यक्ष विष्णु रिजाल लगायतका अतीथीहरुको उपस्थिती रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विभीन्न समयमा धार्मीक प्रवचन,योग तथा अन्य धार्मीक गतीविधिहरु सञ्चालन गर्दै आएको छ ।