इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ ।
प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो ।
पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्ष रेवती निरौलाले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
इटहरीको व्रिटिश एजुकेशनको सभा हलमा सञ्चालन भई रहेको तालिममा विसप ताम्राकार , हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीगं सम्वन्धीत सहभागीहरुलाई सहजिकरण गर्ने आयोजक संस्थाका उप सचिव खगेन्द्र विकले जानकारी दिए ।
तालिमको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, प्रेस चौतारीका एक नम्बर प्रदेश उपाध्यक्ष सुमन पुरी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल , नेपाल प्रेस युनियन सुनसरीका सचिव विकेक भट्टराई, व्रिटिश एजुकेशनका अध्यक्ष नरेन्द्र दंगाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















