इटहरी । नयाँ विद्यार्थीहरुका लागि सुषमा गोदावरी कलेज इटहरीमा अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न गरिएको छ ।
विभिन्न विषयमा कक्षा ११ को भर्ना कार्यक्रम सञ्चालन भईरहेको समयमा सुषमा गोदावरी कलेजले विद्यार्थी लक्षित अभिमुखीकरण तथा स्वागत साथै पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
त्यसै गरी कार्यक्रममा कलेजमा पठनपाठन हुने विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरिएको थियो ।
कलेजका प्राचार्य बोधराज नेपालको सभापतित्वमा भएको कार्यक्रममा तीन जना जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ती १० जना विद्यार्थीलाई ढलकबहादुर पन्त स्मृति पुरस्कार बाट १० जना ,टिकटक प्रतियोगिताका १० जना विद्यार्थी र १२ जना विद्यार्थीलाई उत्कृट विद्यार्थीहरु लाई पुरस्कार सहित सम्मान साथै विद्यार्थीहरुले सांगितिक तथा नृत्य प्रसतुत गरेका थिए ।
सम्मानीत तथा पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका अतिथी पिस फाउण्डेशन प्रा लि का अध्यक्ष राजेश श्रेष्ठले पुरस्कार , प्रमाण पत्र वितरण गरेका थिए । 
कार्यक्रममा कलेजका भाइस प्रिन्सीपल इन्द्रकमल श्रेष्ठ, सह प्राचार्य सुकदेव घिमीरे ,ज्ञानु दाहाल लगायतकाको सहभागिता रहेको थियो ।
सुषमा गोदावरी कलेजमा होटल मेनेजमेन्ट , साइन्स , मेनेजमेट , बीएससी सीएसआइटी लगायनका विषयहरु पढाई हुने गरेको छ । इटहरी क्षेत्रमा सञ्चालनमा रहेको पुरानो कलेज मध्येमा पर्ने सुषमा गोदावरी कलेजमा १४ सय बढी विद्यार्थीहरु विभिन्न विषय र तहमा अध्ययन गरिरहेका छन ।




















