इटहरी । सुनसरीको इटहरीमा रहेको विश्व आदर्श सेकेण्डरी स्कुलमा राष्ट्रिय सेवा दल द्धारा एनसिसी तालिम सूरु भएको छ ।

बुधवार आयोजीत एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का १८ छात्र र १८ छात्रा गरी कुल ३६ जना विद्यार्थीलाइ  एनसिसी तालिममा सहभागी गराइने जानकारी गराइएको होे ।

 सय दिन सम्म सञ्चालन हुने एनसीसी तालिममा ७९ दिन विद्यालयमै प्रशिक्षण हुने र २१ दिन वर्दिवासमा विषेश प्रशिक्षण सञ्चालन हुने जनाइएको छ । WhatsApp Image 2022-08-17 at 6.17.55 PM

तालिममा छात्रछात्राहरुलाई फायरिङ,घोडचढी,म्याप रिडिंग, विपद् व्यवस्थापन, लगायतका सैद्दान्तिक र व्यवहारिक ज्ञान दिइने बताइएको छ ।

 छात्रछात्राहरुलाई दिईने १ सय दिनको यो एनसिसी तालिममले समाजमा अनुशासित बनाउन ठुलो मद्दत पुर्याउने र समाजमा कुनै प्राकृतिक विपत्ति पर्दा उद्दारका लागि सहयोग हुने विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलालले जानकारी दिए ।

तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसीसी गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक विपद् तथा संकट र उद्दारमा सहयोग हुने नेपाली सेनाको विश्वास रहेको छ ।WhatsApp Image 2022-08-17 at 6.17.56 PM (1)

विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता साथै इटहरी उपमहानगरपालीकाका शीक्षा,युवा तथा खेलकुद महाशाखा प्रमुख द्रोण दाहालको प्रमुख आतीथ्यमा आयोजीत उक्त कार्यक्रममा नेपाली सेनाका सेनानी साकार सिंह बस्नेत,उप सेनानी ममता ढकाल,इटहरी ४ का वडा अध्यक्ष भक्त लामा तामाङ लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।