विराटनगर ।  इटा खरिद गर्ने ग्राहकहरुलाई आन्नद इटाले दिदै आएको हात खाली नजाने उपहार अन्तरगर्त तीन महिनाको अवधिमा १०लाख बढीको पुरस्कार बाँढी सकेको छ ।

  आन्नद, अनन्त र आगन ईटा खरिदमा ग्राहकहरूलाई आन्नद इटा उद्योग सञ्चालन गरिरहेको हात खाली नजाने उपहार योजना अन्तरगत  १० लाख रुपैया बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए ।

     आन्नद, अनन्त र आगन इटा तीन हजार खरिद गर्ने ग्राहकलाई  एक थान स्क्राच कुपन दिने गरिएको छ  । उक्त कुपन स्क्राच गर्दा हात खाली नजाने उपहार योजना रहेको वताउदै  निर्देशक अग्रवालले सोही उपहार योजना अनुसार बम्पर पुस्कार स्कुटी रहेको जनाएका छन । त्यसै गरी ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्म नगद उपहार कुपनमा रहेका छन ।

हात खाती नजाने उपहार योजना अन्र्तगत गत विहीबार विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी प्राप्त गरिसकेका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रविण कुमार ठाकुरले टिभी पाए । उपहार विजेता यादव र ठाकुरलाई  एक कार्यक्रमको  आयोजना गरि निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले  पुरस्कार हस्तान्तरण गरेका छन  । 

गत वैशाख महिनाबाट सुरू भएको हात खाली नजाने उपहार योजना दशै र तिहारसम्म लैजाने तयारी गरिएको निर्देशक अग्रवालले जानकारी दिएका छन  । उपहार योजना ल्याएपछि आन्नदको ईटा खरिद गर्ने उपभोक्ता बढेका जनाइएको छन । एक सालमा ८ वटा चिमीबाट २ करोड ५० लाख आन्नद, आगन र अन्नत ईटा उत्पादन हुने गरेको छ । आन्नदले १ नं. इटा २३ रुपैयाँ प्रतिगोढा बिक्री गर्दै आएको छ ।