इटहरी । २८औं विश्व आदिवासी दिवस आगामी मंगलवार इटहरीमा पनि धुमधामका साथ मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर परिषदको आयोजनामा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाहरुको भुमिका भन्ने तय भएको नाराका साथ आदिवासी दिवस धुमधामका साथ मनाउने पत्रकार सम्मेलन गरि जनाइएको हो ।
आदिवासी जनजातिका भेषभुषा संस्कृति धर्म लिपि र समुदायकको विकासमा जोड दिदै विगतका वर्ष झै यस वर्ष पनि विश्व आदिवासी दिवस आगामी मंगलवार मनाउन लागिएको परिषदका अध्यक्ष चिरहागं राईले पत्रकारहरुलाई जानकारी गराए ।
२८औं विश्व आदिवासी दिवसका अवसरका इटहरीमा वृहत झाँकी रयाली सहित सांस्कृतिक महोत्सव गरी मनाईने समेत जनाइयो । पत्रकार सम्मेलनमा परिषदका सचिव टार्जन सुनुवार , नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जन , नेफिन सुनसरीका अध्याक्ष राम कुमार माण्डुपा राई, कार्यक्रम मुल संयोजक चन्द्र बहादुर तामाङ लगायतका आदिवासी जनजातिका अगुवाईहरुको सहगागिता रहेको थियो ।




















