इटहरी । सहकारी संस्थााहरुले देशको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउदै आएको इटहरी उपमहानगरपालिका प्रमुख हेककर्ण पौडेलले वताएका छन ।

   सुनसरीको इटहरीमा रहेको सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभाका प्रमुख अतिथी उपमहानगरपालिका प्रमुख पौडेलले सो कुरा वताएका हुन ।297869077_767244007951557_881570388540368290_n

  प्रमुख अतिथी पौडेलले नेपालमा २०४६सालपछि सहकारीहरु खुल्ने क्रम वढेको र देशको अर्थतन्त्रलाई नै मद्धत गर्न सक्ने अवस्थामा सहकारीहरु पुगी सकेको छन त्यो सवल पक्षको हो भन्दै सहकारीहरुलाई पारदर्शी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।297641999_767244087951549_3408034910764338397_n

सहकारीका अध्यक्ष चेतन धमलाले सहकारी चुस्त दुरुस्त र पारदर्शी रुपमा सञ्चालन गरिनेमा जोड दिए .१०औं वार्षिक साधारण सभाको अवसर पारेर सहकारी शेयर सदस्यहरुलाई विभिन्न विद्यामा सम्मान गरेको छ । नियमित बचत तर्फ हेमनारायण श्रेष्ठ र हिराबहादुर सार्की असल ऋणी शान्तिदेवी चौधरी र रामकुमारी राउत उत्कृष्ट वचतकर्ता रुपा विकलाई सम्मान गरेको हो ।

  वि.सं. २०६८सालमा स्थापना भएको सहकरीमा हाल ४सय ३८ जना सेयर सदस्य रहेको ३५लाख ३९हजार ३सय शेयर पुजी रहेको सो अवसरमा जानकारी गराइयो ।