इटहरी । इटहरी उपमहानगरपालीका वडा नम्बर ४ स्थित थारु पोखरीमा यस अघिको इटहरी सरकाररले निर्माण सुरु गरेको संरचना हालको इटहरी सरकारलाइ टाउको दुखाइको विषय बनेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचीत इटहरी सरकारले आर्थिक वर्ष २०७८। २०७९को बजेटबाट इटहरी ४ स्थित थारु पोखरीमा ब्रह्माको मुर्ती बनाएको थियो ।
मुल्य अविवृद्धि कर सहित ३ लाख ८७ हजार ४ सय ६ रुपैया ३२ पैसा लागतमा २०७९ं। १। ८ गते आयोजना सुरु भइ २०७९। ३। २९ गते सम्पन्न हुनेगरी सम्झैता अनुसार काम गरीयो ।
तर थारु जातीको सांस्कृतीक पहिचान बोकेको उक्त पोखरीबाट सो संरचनाको थारु कल्याण्कारी सभा ४ नम्वर वडा कार्यसमिति इटहरीले आपत्ती जनाएको छ । समितिले इटहरी वडा नम्वर ४ का वडा अध्यक्ष भक्त लामा तामाङ र इटहरी नगर प्रमुख हेमकर्ण पौडेल समक्ष उक्त संरचना हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । उक्त पोखरीमा ब्रह्माको मुर्ती स्थापना गरेर थारुहरुको पहिचानमा धावा बोल्ने कार्य भएको उल्लेख गर्दै उक्त मुर्ती अविलम्ब हटाउन ज्ञापन पत्रमा माग गरीएको छ ।
साथै इटहरी उपमहानगरपालीका कार्यलयले थारु समुदायलाइ नगरको पहिलो जातीको रुपमा घोषणा गरेको भए पनी थारुको भावना परम्परा प्रति अंकुश लगाएको समितिको आरोप छ । 
उक्त संरचना सम्बन्धमा आफु अनविज्ञ रहेको इटहरी ४ का वडा अध्यक्ष भक्त लामा तामाङ बताउँछन ।
यता थारु महिला सभा केन्द्रिय सचिव शुशीला चौधरी भने स्थानीय सरकारले आफु चोखीनलाइ यस विषयमा थाहा छैन भनेको बताउँछिन । साथै आउने जीतीयासम्म उक्त मुर्ती स्थानतरण गर्न स्थानीय सरकार अटेर भएमा आफुहरु चुप लागेर नबस्ने उनको चेतावनी रहेको थियो ।
उक्त निर्णय पुर्व सरकारले गरेको उल्लेख गर्दै इटहरी नगर प्रमुख हेमकर्ण पौडेल ले उक्त मागपत्र कार्यपालीका बैठकमा प्रस्तुत गरीने विश्वास व्यक्त गरे । साथै उनले उक्त योजना सम्पन्न गर्दा लागेको खर्चको सम्बन्धमा पनी छानविन गर्न आन्तरीक तयारीमा रहेको जानकारी गराए ।
अघिल्लो इटहरी सरकारले उक्त परियोजना आफ्नो कार्यकाल सकिनै लाग्दा हतार हतारमा सम्झौता गरेर छोटो अवधीमै काम सम्पन्न गरेको छ भने पोखरीको सौदर्यकरणको नाममा बजेट खर्च गरे पनी पोखरीको सरसफाई भने गरिएको छैन ।




















