धरान । धरानबासीलाई खानेपानी सहज रुपमा उपलव्ध गराउने तथा सफा सहर वनाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अभियानमा सहयोग जुट्ने क्रम बढेको छ ।
नगरप्रमुख हर्कराजको अभियानमा श्रमदान गर्न टाढाटाढा देखि पनि मानिसहरु आइ रहेका छन ।
यही क्रममा विगत पाँच वर्ष देखि इटहरी सफाई अभियान सञ्चालन गर्दै आएको बुल्र्स इलेभेनका युवाहरु इटहरीबाट धरान पुगेर श्रमदान गरेका छन ।
धरानबासीले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्ने मुल नारा सहित स्वतन्त्र उमेदवार बनेका हर्कराजलाई धरानवासीले पत्याए । उनले गठवन्धनमा रहेको नेपाली काँग्रेसका उमेदवार किशोर राईलाई निकटतम प्रतिस्पर्धी वनाउदै निर्वाचन जितेर धरान उपमहानगरपालिकाको नगरप्रमुख बन्न सफल भए ।
एकै पटक भएको निर्वाचनबाट विजयी भएका अन्य ठाउँका जनप्रतिनिधिहरु स्वागत तथा वधाई थाप्न दौडिरहेको समयमा हर्कराज भने खानेपानीका लागि मुहान खोज्न , संरक्षण गर्न पानी ल्याउने अभियान साथै नगर सफाई गर्ने अभियानमा आफै सहभागी हुन थाले ।
नगरप्रमुख लगनशिलता र चुनावी एजेण्डालाई साकार वनाउने अभियानमा क्रमशः सहयोग जुट्न थाल्यो । देश विदेशबाट पनि नगरप्रमुख हर्कराजको अभियानमा सहयोग जुटि रहेको छ । यही क्रममा धरानका जनताहरुले पानी पिउदै आएको निसाने खोलाको मुहान क्षेत्रमा इटहरीको बुल्र्स इलेभेनका १६ जना युवाहरुले सफाई गरेका छन । नगरप्रमुखको खानेपानी तथा सफाई अभियान राम्रो लागेर सहयोग गर्न खोला सफाई गरिएको बुल्र्स इलेभेनका उपाध्यक्ष रामु राईले वताए ।
खोला सफाई कार्यमा जुटेको बुल्र्स इलेभेनका युवाहरुलाई स्थानीयले समेत सफाई कार्यमा सहयोग गरेका थिए । सफाई अभियानमा सहभागी वनेका स्थानीयहरुले नगरप्रमुख राईले सुरु गरेको अभियान राम्रो लागेकाले आफुहरु पनि सरसफाइमा सहभागी भएको स्थानिय रत्न गुरुगंले वताइन ।
नगरप्रमुख राईको अभियान सहयोग गर्न आफुहरु इटहरीबाट आएको सरसफाईमा सहभागी भएको बुल्र्स इलेभेनकी अभियान्ता मुना गहतराज वताउछिन ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार हर्कराज राई धरान उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएसंगै आफै खानेपानी र सफाई अभियानमा भौतिक रुपमै सहभागी हुदै आएका छन ।




















