इटहरी । किराँती समुदायको ऐतिहासिक सांस्कृतिक धार्मिक परम्परा आदिको जर्गेना गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक प्रदेश एक सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
संघीय सरकारको आर्थिक सहयोग तथा १ नम्बर प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा दुई दिने कार्यक्रम सुरु भएको हो ।
१ नम्बर प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा.तारामणी राई , प्रेम एक्तेन लगायतले किराँती समुदायका विभिन्न पक्ष समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
दुई सम्म चल्ने कार्यक्रममा पहिलो दिन आज कार्यपत्रहरु प्रस्तुत गरिने तथा दोस्रो दिन जातिय पहिरन सहितको झाकी प्रर्दशन गरिने स्थानीय आयोजक नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम मान्डुपा राईले जानकारी दिए । उनले किराँती समुदायको ऐतिहासिक सांस्कृति परम्परा संरक्षणमा सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वताए ।
एक प्रदेश एक सांस्कृतिक कार्यक्रम विहीवार सम्म चल्ने छ ।




















