धरान । नेपाली भाषा साहित्यका आदि कवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ति भाषा साहित्य क्षेत्रमा आवद्धहरुले विशेष दिनका रुपमा मनाए पनि सरकारी स्तरबाट विर्सिए झै देखिएको छ । देश तथा विदेशमा भानु जयन्ती मनाइरहेपनि सरकारी स्तरबाट भानुभक्तलाई विर्सिएको भान भएको भाषा साहित्यका क्षेत्र आवद्धहरुले गुनासो गरेका छन ।
सुनसरीको धरानमा रहेको आदि कवि भानुभक्तको सालिकमा माल्यापर्ण सहित भानुभक्तको कृतिका चर्चा गरिएयो ।
धरान उपमहानगरपालिका वडा नम्बर १३माा रहेको सैनिक आवासीय महाविद्यालयका शिक्षक तथा विद्यार्थीहरुले धरानको भानु चौकमा भेला भएर श्रद्धापुर्वक आदि कविलाई सझेका हुन । भानुको सालिकमा माल्र्यापण सहित शिक्षक विद्यार्थीहरुले भानुभक्त र कृतिहरुका विषयमा चर्चा गरे । त्यसै गरी भानुभक्तका कविताहरु पनि वाचन गरियो ।
सष्ट्र र राष्ट्रिय विभुतिहरुलाई भावी पुस्ताले पनि श्रद्धा गर्नु पर्ने संदेश दिन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य रविन्द्र थापाले सो अवसरमा जानकारी गराए ।
नोपली भाषा साहित्यमा ठुलो योगदान पुर्याउने भानुभक्तलाई लेखक तथा साहित्यकारहरुल सम्झीरहने गरेपनि सरकारी स्तरबाट विर्सीएको भान हुने भाषाशास्त्री डा. गोपाल भण्डारीले वताए ।
नेपाली भाषाका क्षेत्रमा पुर्याएको योगदानको मुल्याँकन गर्दै आदि कवि भानुभक्त आचार्यलाई नेपालमा मात्र नभएर भारतको दार्जिलिङ, सिल्लीगुढी, खार्साङ लगायतका ठाउँहरुमा समेत सर्जकहरुले स्मरण गर्दै जन्मोत्सव मनाई रहेका छन ।
विक्रम संवत १८७१ असार २९ गते (आजैका दिन) तनहु जिल्लाको रम्घामा आदि कवि भानुभक्त आचार्यको जन्म भएको थियो ।




















