धनकुटा । आगामी दिनमा नगरमा बालश्रम निवारणमा महत्वपुर्ण भुमिका खेल्न, स्थानीय तहमा वाल मैत्रि स्थानीय तह घोषणालगायतमा सहयोग पुर्याउने उद्धेश्यका साथ बालश्रम निवारण सम्बन्धी चेतनामुलक र मनोपरामर्श सम्बन्धी कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
धनकुटा नगर स्वच्छ, सुन्दर समुन्नत शहर भन्ने अभियानका साथ धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मनोविमर्स कर्ता स्वस्तिका पोख्रेल, राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत सुमन अधिकारी र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षकले शहजिकरण गर्नु भएको थियो ।
प्रशिक्षकहरुले बालबालिका सम्बन्धी नेपाल प्रहरीमा रहेका प्रावधान, राष्ट्र तथा अन्तराष्ट्रिय रुपमा बालबालिका सम्बन्धी भएका कानुनी व्यावस्था, बाल श्रम सम्बन्धी केन्द्रित रहेर बालबालिका समक्ष मनोपरामर्श कार्यक्रम राखेर बालश्रम निवारण गर्न सकिने लगायतका विषयहरुमा प्रशिक्षण गर्नु भएको धनकुटा नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखामा कार्यरत फुलमाया तामाङ्ग बताउनु हुन्छ ।
स्थानीय तहमा थोप्रै बालबालिकाहरु मानसिक तनाबमा रहेका र खुल्ला रुपमा बालबालिकाले मनको कुरा खुलेर राख्न नसक्दा आत्महत्या, दुब्र्यसनी, सानै उमेरमा गर्भवती बन्नेलगायतका समस्या देखिएकाले उक्त समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गरेर अगाडि बढ्नु पर्ने मनोविमर्स कर्ता पोख्रेलको भनाई छ ।
धनकुटा नगरपालिकाको आयोजना एवं महिला तथा बालबालिका शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, वडा अध्यक्ष, वडा सदस्य, बालक्लपका बालबालिका, बालबालिका सम्बन्धी सरोकार राख्ने विभिन्न संघसंस्था यातायात व्यावसायी संघ, होटल ब्यावसायी संघ, बालक्लपका शिक्षकलगायतको उपस्थिति रहेको थियो ।




















