मोरङ । पुर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सले डिजीज मोडेलीङ शीर्षकमा सेमिनारको आयोजना गरेको छ । 

गणीतीय उपकरणको प्रयोग मार्फत रोगहरुको फैलावट, मृत्युदर,नियन्त्रणका उपाय लगायतमा आधारित रहि सेमिनारको आयोजना गरीएको हो ।

विश्वविद्यालयको सभाहलमा आयोजीत सेमीनारमा विभीन्न संकायका ६० बढी सहभागीहरुलाइ रोगको प्रकिृती पहिचान र नियन्त्रणमा गण्ीतीय उपकरणको प्रयोगबारे जानकारी गराइएको थियो ।

सेमीनारमा त्रीभुवन विश्वविद्यालयका प्राध्यापक केदार नाथ उप्रेती,सान डीएगो स्टेट विश्वविद्यालयका प्राध्यापक नविन कुमार वैद्य र वासीङ्टन स्टेट विश्ववीद्यालयकी प्राध्यापक एलीस्सा स्वार्टजले रोगका प्रविृत्ती,अवस्था र न्युनिकरणका विषयमा अनुसन्धानमुलक प्रस्तुती दिएका थिए ।

शरीरभित्र कसरी रोग फैलन्छ र यसको लागी गण्ीत कसरी प्रभावकारी हुन्छ भन्ने बारे आफुले गरेको अनुसन्धानमा आधारीत प्रस्तुतीमार्फत सहभागीलाइ अवगत गराएको प्राध्यापक वैद्य बताउँछन । WhatsApp Image 2022-07-10 at 5.06.12 PM

रोगको प्रकृती,गतीशीलता अध्ययन गरी भविश्यमा आइपर्नसक्ने चुनौतीलाइ सामना गर्न गणीतीय उपकरण तयार गर्न आवश्यक रहेको कार्यक्रमका संयोजक खगेन्द्र अधिकारी बताउँछन । 

यस्तै,अनुसन्धानले के नयाँ तथ्य देखाउछ भन्ने कुरा सम्बन्धित विज्ञहरुबाटै अन्तरक्रीयाको माध्यमबाट उजागर गर्ने उद्देश्यले सेमीनारको आयोजना गरीएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्वाञ्चल विश्वविद्यालयका रजिस्टार निलमण्ी पोखरेलले जानकारी दिए । 

पुर्वाञ्चल विश्वविद्यालयका डिन डाक्टर शैलेश पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सेमीनारमा स्वास्थ्यका शिक्षक,नर्सीङ,फर्मेसी साथै गण्ीत र स्टाटीटीक्समा रुची भएका अन्य विभीन्न संकायका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।